आज महानवमी, सिद्धिदात्री भगवतीको उपासना गर्ने दिन महिमासहित हेर्नुहोस् आजको दिन २०७६ आश्विन २० गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल आश्विन महिनाको २० गते आइतवार हो । सृष्टिदेखि हालसम्म १९५५८८५१२० वर्ष व्यतित भइसकेका छन् । कलिकालको ५१२० औँ वर्ष श्रीशालिवाहनीय शाके १९४१, ईशवीय संवत् २०१९ अन्तर्गत परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । शरद ऋतुअन्तर्गत आश्विन शुक्लपक्षको महानवमी तिथि दिवा ३।६ बजेसम्म रहनेछ । यो महिनाका देवता पद्मनाभ र मासदेवी ईशा हुन् । सूर्य कन्या राशिमा छन् भने वृहस्पति वृश्चिक राशिमा रहेका छन् । उत्तराषाढा नक्षत्र बेलुका ८।४१ बजेसम्म रहनेछ । सुकर्म योग र तैतिल करण रहेको छ । यसैगरी आज काठमाडौँमा सूर्योदय ६।०० मा छ भने सूर्यास्त बेलुका ५।४२ बजे हुनेछ । चन्द्रमा आज मकर राशिमा छन् ।


आज नवरात्रको नवौँ दिन महानवमी हो । महानवमीका दिन सिद्धिदात्री भगवतीको उपासना हुने गर्दछ । अर्धनारीश्वर नामले समेत प्रसिद्ध, चार भुजा, सिंहवाहिनी देवीको नाम सिद्धिदात्री हो । अष्टसिद्धि (अणिमा, महिमा, गरिमा, लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व)ं प्रदान गर्ने देवीलाई सबै मनोकामना पूर्ण गर्ने शक्ति मांनिन्छ । यस दिन नव कन्या कुमारीको पूजा पश्चात् भोजन गराउने चलन पनि रहेको छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल