संगत कस्ता व्यक्तिसँग गर्नुपर्छ ? हेर्नुहोस् अजको नीति वचन

Advertisement

असतां सङ्गदोषेण साधवो यान्ति विक्रियाम् ।
दुर्योधनप्रसङ्गेन भीष्मो गोहरणे गतः ।।
– पञ्चतन्त्र

खरावका संगतले असल व्यक्तिको पनि मति भ्रष्ट हुन्छ । जसरी दुर्योधनको संगतले गर्दा भीष्मले पनि गाई चोर्न हिँड्नु परेको थियो । त्यसैले खराब व्यक्तिको संगत गर्नु हुँदैन ।


महाभारतमा एउटा कथा प्रसंग पाइन्छ । हस्तिनापुरको युवराज दुर्योधनले एक दिन गाई चोरी ल्याउने अभियानमा सरिक हुन भीष्मलाई पनि आदेश दिन्छ । पितामह भए पनि सिंहासनको रक्षा गर्ने प्रतिज्ञा भीष्मले गरेका थिए । युवराजको आदेश आएपछि नमान्नु पनि राज्य धर्म र प्रतिज्ञा विपरीत हुने भएकाले गाई चोर्ने अभियानमा महामना भीष्म पनि सरिक बन्न बाध्य हुनु परेको थियो । त्यसैले खराब व्यक्तिको संगत गर्नुहँदैन । जसले नराम्रा कार्यमा मात्र अभिप्रेरित गर्छ भन्ने पञ्चतन्त्रको नीति वचन मननीय छ ।
नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल