चिनियाँ सहयोग ठूला पूर्वाधारमा लगानी

Advertisement

काठमाडौं, १७ असोज । यसै महिना हुन लागेको चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण राजनीतिक र कूटनीतिक हिसाबले जति महत्त्व राख्छ त्यति नै महत्त्व नेपालको आर्थिक तथा व्यापारिक हितका लागि पनि उपयोगी बनाउनुपर्नेछ।

परापूर्व कालदेखि रहँदैआएको सम्बन्ध, दौत्य सम्बन्धलगायतका चरण पार गर्दै आएको नेपाल–चीन पारस्परिक सम्बन्धले नेपालको आर्थिक प्रगतिको आधारको स्वरूप ग्रहण गर्नुपर्ने बेला आएको सरोकारवालाको मत छ।

नेपाल र चीनबीच सन् १९५५ मा दौत्य सम्बन्ध स्थापना भएसँगै आर्थिक सहयोगको शृङ्खला सुरु भएको थियो। खास गरी सन् १९५६ अक्टोबरमा सम्पन्न आर्थिक सहायतामा नेपाल चीन सहमतिपछि यसले तीव्रता पाएको देखिन्छ। चीन सरकारले नेपाललाई द्विपक्षीय हितका क्षेत्रमा आर्थिक तथा प्राविधिक सहायता कार्यक्रमअन्तर्गत सहयोग उपलब्ध गराउँदैआएको छ।

पूर्ण अनुदान, निब्र्याजी ऋण र सहुलियतपूर्ण कर्जाका आधारमा सरकारी सहयोग उपलब्ध हुँदैआएको देखिन्छ। नेपालको पूर्वाधार क्षेत्र औद्योगिक विस्तार, मानव संशाधन विकास, औद्योगीकरणको प्रक्रिया, शिक्षा स्वास्थ्य जलस्रोतलगायतका क्षेत्रमा चिनियाँ सहयोग उल्लेख्य रहँदैआएको छ।

चिनियाँ सहयोगमा अहिले पनि माथिल्लो त्रिशूली जलविद्युत् आयोजना, काठमाडौँ चक्रपथ सुधार आयोजना, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, कोदारी राजमार्ग, स्याफ्रुबेसी रसुवागढी सडक स्तरोन्नतिलगायतका परियोजना निर्माणाधीन छन्।

सन् २०१७ मा नेपाल र चीनबीच सम्पन्न बेल्ट एन्ड रोड इनिसिएटिभ अन्तर्गत पनि सहयोग आदान प्रदानको समझदारीले आर्थिक, प्राविधिक तथा वातावरणीय क्षेत्रमा योगदान पु¥याउने अपेक्षा नेपाल सरकारको छ। समझदारीले नीतिगत साझेदारी पूर्वाधार र व्यापारमा अन्तर आबद्धतादेखि जनस्तरको सम्बन्धलाई पनि विस्तारित गर्दै लाने लक्ष्य राखेको हो। विनाशकारी भूकम्पका समयमा चीनले तीन अर्ब युआन बराबरको आर्थिक सहायता उपलब्ध गराएको थियो।

ठूला पूर्वाधारमा सहायता अपेक्षित
ठूला र रणनीतिक महìवका आयोजनामा चिनियाँ सहयोग निरन्तर सहयोगी बन्दैआएको छ तर सडक, ऊर्जा, रेलजस्ता महìवपूर्ण पूर्वाधार विस्तारमा नेपाललाई सहायता अझै धेरै अपेक्षित रहँदैआएको छ।

नेपाल चीन सम्बन्धलाई नजिकबाट नियालिरहनुभएका चीनका लागि नेपालका पूर्वराजदूत टङ्क कार्की चिनियाँ राष्ट्रपतिको भ्रमणलाई नेपालको व्यापारिक तथा आर्थिक हितमा प्रयोग गर्न सक्ने सुनौलो अवसर मान्नुहुन्छ। कार्कीका अनुसार पूर्वाधार विस्तारमा चिनियाँ आर्थिक सहायता अझै धेरै जरुरी छ। विश्व समृद्धि गति र राज्यले अपेक्षा गरेको समृद्धिको स्तरमा तादम्यता मिलाउन पूर्वाधार विकास आयोजनामा सहायता माग्नु नै पर्ने अवस्था रहेको उहाँको सुझाव छ।

उद्योग विभागको तथ्याङ्कअनुसार नेपालमा लगानीका लागि प्रतिबद्धता जनाउने राष्ट्रको सूचीमा चीन अग्रस्थानमा रहँदैआएको छ। आर्थिक वर्ष २०४१(४२ देखिको विवरण हेर्दा हालसम्म नेपालमा लगानी भिœयाउन सक्रिय मुलुकको सूचीमा चीन नै अग्रस्थानमा देखिन्छ। गत असारमसान्त सम्ममा एक हजार ४९० उद्योगमा चिनियाँ लगानी आकर्षित भएको देखिन्छ। यसबाहेक चीन प्रशासित हङकङबाट ४३ र ताईवान बाट २३ उद्योगका निमित्त लगानी प्रतिबद्धता आएको देखिन्छ। गोरखापत्र दैनिकमा खबर छ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल