नेपाल लाईफको शुभकामना आदान प्रदान

Advertisement

रामेछाप । जिवन विमाको क्षेत्रमा जिल्लाकै पुरानो र अग्रणि भूमिका खेल्दै आएको नेपाल लाइफ ईन्सुरेन्स मन्थली शाखाले वुधवार आफनै कार्यालयमा विजयादशमि, शुभ दिपावली तथा छट पर्वको अवसर पारेर शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
जीवन विमाको माध्यम मार्फत सम्वृद्धिको सम्भावना लाई चुम्न सकिन्छ भन्ने विश्वासमा अभियान चलाउँदै आएको उक्त बिमाका एजेन्सी मेनेजर विजनेस कोअर्डिनेटर र अभिकर्ता हरु समेतको उपस्थितिमा नेपाल लाईफले शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम संचालन गरेको हो । शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमले ईन्सोरेन्स र सवै परिवार विच सुमुधुर सम्वन्ध कायम गर्दे दशै तिहारले अरु सम्वन्ध प्रगाढ वनाउँन सकोस भन्ने उदेश्यले शुभकामना आदान प्रदान कार्यक्रम गरिएको पनि सो अवसरमा जानकारी गराईएको थियो ।
जिल्ला शाखा अन्र्तगत २६ जना एजेन्सी मेनेजर ,३० जना विजनेस कोअर्डिनेटर,५ सय २० जना अभिकर्ता १ सय ७० जना सक्रिय अभिकर्ता र ३ हजार भन्दा वढि विमित सदस्य रहेको शुभकामना आदान प्रदान कार्यक्रमका अवसरमा शाखाका प्रमुख राम खड्काले जानकारी गराउनु भयो । घर घरमा विमाको अभियान पुर्याउने अभियानमा लागेको नेपाल लाईफ जिल्ला शाखामा मात्र ३ हजार भन्दा बढि विमित सदस्य रहेका छन् ।
नेपाल लाईफले आफना सदस्यहरु मार्फत गत वर्ष मात्र ३ करोड ६५ लाख रुपैयाँ प्रथम विमा शुल्क वापत संकलन गरिसकेको छ । उसले नेपालभरमा २५ लाख भन्दा बढि विमित सदस्य निर्माण गरि सकेको छ । शाखाले चालु आवमा संस्थाको विमाशूल्क ५ करोड पुुर्याउने लक्ष्यका साथ काम गरि रहेकोले सवै सदस्य हरुलाई सोहि अनुसार क्रियाशिल हुन पनि खड्काले आग्रह गर्नु भयो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल