राजनीतिज्ञ बद्रीप्रसाद पहाडीलाई पत्नीशोक

Advertisement

हरेकपल

संखुवासभा असोज १४ । संखुवासभा जिल्लाको मादीबाट विराटनगरमा स्थायी बसोवास गर्दै आउनुभएका पुराना राजनीतिज्ञ बद्रीप्रसाद पहाडी (दाहाल) की धर्मपत्नी राधादेवी दाहालको असोज १२ गते स्वनिवासमा नै निधन भएको छ । ७६ वर्षीय राधादेवी विगत केही समयदेखि अस्वस्थ हुनुहुन्थ्यो ।


दिवंगत राधादेवीको पार्थिव शरीरको भोलिपल्ट बिहान सिंघिया नदीस्थित परोपरकार घाटमा वैदिक विधिपूर्वक दाहसंस्कार गरिएको थियो । श्रीमान् बद्रीप्रसाद पहाडीसहित राधादेवीका दुईछोरा र दुई छोरी हुनुहुन्छ । राधादेवी जेठा छोरा रामबाबु दाहाल समाजसेवी, लेखक हुनुहुन्छ भने कान्छा छोरा कृष्ण पहाडी प्रख्यात मानव अधिकारकर्मी हुनुहुन्छ । उहाँका दुई छोरीहरु शोभा र पुनमसमेत समाजसेवामा सक्रिय हुनुहुन्छ ।


राधादेवीको निधनले पहाडी ( दाहाल) परिवारमा पर्न गएको पीडाप्रति हरेकपल डटकम, सूचना चौतारी सहकारी लि. शोक तथा समवेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछौं ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल