बिच्च बिच्चमापछि दुर्गेश थापाको अर्को दमदार गीत ‘बोल्दैन फोटो’माको (भिडियो)

Advertisement

काठमाडौं । चर्चित मोडल तथा गायक दुर्गेश थापाको अभिनय रहेको नयाँ गीत ‘बोल्दैन फोटो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायक डेबिड शंकर र भावना आचार्यको स्वरमा सजिएको नयाँ भिडियो ‘बोल्दैन फोटो’को भिडियोमा दुर्गेशसँगै अस्मिता पुरीको दमदार अभिनय रहेको छ । दीपक शर्माको शब्द र संगीत रहेको गीतले आफ्नो साथमा नरहेका प्रेमी–प्रेमीकाको मनोभाव र प्रेमभाव बोल्छ ।

शिब बिकले निर्देशन गरेको भिडियोमा दुर्गेश र अस्मिताको अभिनयको धेरैले तारिफ गरेका छन् । यसअघि ‘बग्ने खोला’ र ‘मुलको पानी’ गीतका कारण चर्चामा रहेकी भावनाको गीत दुर्गेश थापाको च्यानलबाट अपलोड गरिएको छ ।

भिडियो हेर्नुहोसः

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल