प्याजको भाउ आकासियो

Advertisement

असोज १३, काठमाडौँ, । दसैको समयमा नेपाली बजारमा प्याजको मूल्य आकाशिएको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य आकासिएको हो ।

कालीमाटी तरकारी बजार विकास समितिकाअनुसार आज एककिलो प्याजको मूल्य १३५ पुगेको छ । एकै दिनमा ३० रुपैयाँ मूल्य बढेको छ । जुन अघिल्लो दिन आइतबार रु १०५ रुपैयाँ मात्र थियो ।

यसैगरी अन्य तरकारीको भाउमा पनि वृद्धि भइरहेको छ । तर प्याजमा भने प्रतिकेजी रु ३० को अन्तरले बढ्नु असामान्य हो । भारतले प्याज निर्यातमा लगाएको प्रतिबन्धको साझो असर नेपाली बजारमा परेको छ । समितिका उपनिर्देशक विनय श्रेष्ठले बताए । उनले भने, ‘अहिले नै मूल्य नबढ्नु पर्ने हो तर व्यापारीहरुले आउँदा नै मूल्य बढेर आयो ।’

कालीमाटी तरकारी बजार विकास समितिकाअनुसार दैनिक औसत ८० टन प्याज भारतबाट आयात हुँदै आएको थियो । सोमबार भने २० टन मात्र आएको छ ।

नेपाल बजारको करिव ९० प्रतिशत माग भारतबाट आयात गरिने प्याजले धान्न गरेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल