महाप्रसाद खनाललाई आजिबन श्रष्टा सम्मान

Advertisement

काठमाण्डौं १२ असोज । गत शनिवार जोरपाटिमा ओखलढुङ्गा साहित्य समाजले एक कार्यक्रमको आयोजना गरि सिद्धिचरण न.पा. ३ आखलढुङ्गाका महाप्रसाद खनाललाई विगत चार दशकदेखि नेपाली गित, संगीत, कला, साहित्य र संस्कृतीको वृद्धिमा योगदान पुर्याए वापत आजीवन श्रष्टा सम्मानले   सम्मानित गरिएको छ ।

महाप्रसाद खनालले ओखल्ढुङ्गाको प्रतिनिधत्व गर्दै जिल्ला, क्षेत्रीय, तथा राष्ट्रिय स्तरमा विभिन्न योगदान पुर्याउदै आउनुभएको छ । खनालको दुई दर्जन भन्दा बढि लोक तथा आधुनिक गितहरु रेकर्ड गर्नुभएको छ । उक्त कार्यक्रममा उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले दोसल्ला तथा सम्मान पत्र दिएर सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा मन्त्री पोखरेलले महाप्रसाद खनालले कला, साहित्यको क्षेत्रमा गरेको योगदानको उच्च मुल्याङ्गन गर्दै बधाई तथा शुभकामना समेत दिनुभएको थियो । कार्यक्रममा दुई सय भन्दा बढिको सहभागिरहेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल