पारसको ऐतिहासिक शतकसँगै नेपालको जित

Advertisement

पारसको ऐतिहासिक शतकसँगै नेपालको जित

काठमाडौँ, असोज १२ गते । शनिवार आयोजित त्रिदेशीय टि२० शृङ्खलामा कप्तान पारस खड्काको ऐतिहासिक शतकसँगै नेपालले सानदार जित हाँसिल गरेको छ । आयोजक सिंगापुरलाई नेपालले नौ बिकेटले हराएको हो ।


सिङ्गापुरमा भइरहेको त्रिदेशीय टि२० शृङ्खलामा नेपालको यो पहिलो जित हो । नेपाल एक दिनअघि जिम्बाब्वेसँग पराजित भएको थियो ।


सिङ्गापुरको इन्डियाना एसोसिएसन क्रिकेट मैदानमा टस जिति पहिले ब्याटिङ गरेको घरेलु टिम सिङ्गापुरले तीन विकेटको क्षतिमा १५१ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो । नेपालले चार ओभर बाँकी छँदै एक विकेटको क्षतिमा १५४ रन बनाएर लक्ष्य हासिल गर्यो ।

पारसको कीर्तिमान शतक

पारसले चौका, छक्काको वर्षात् गर्दै आउट नभइकन १०६ रन बनाए । पारसको सो पालि टि २० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो शतक भएको छ । अनतर्राष्ट्रिय एकदिवसीइ क्रिकेटमा पनि नेपालका लागि पहिलो शतक पारसकै नाममा छ । गत जनवरीमा पारसले युएयविरुद्ध ११५ रन बनाएर कीर्तिमन राखेका थिए ।


पारसले ४९ बलमा शतक पूरा गर्नुभयो । ३० बलमा अर्धशतक छुने पारसलाई शतकसम्म पुग्न थप १९ बलको मात्र आवश्यकता पर्यो । पारसले मात्र ५२ बलको सामना गरी नौ छक्का र सात चौका प्रहार गरे । पारस नै म्यान अफ दि म्याच बनेका थिए ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल