‘अनाम परिधि’ विमोचित

Advertisement

ताम्रा
असोज २, काठमाडौँ । कथाकार रीता ताम्राकारको चौथो कथाकृति ‘अनाम परिधि’ आज इटहरीमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ । साहित्य सञ्चार प्रतिष्ठान इटहरीद्वारा आयोजित कार्यक्रममा कवयित्री कुन्ता शर्मा, प्राज्ञ विवश पोखरेल, कवि मनु मञ्जिल, बद्री भिखारी लगायतले ‘अनाम परिधि’ कथासङ्ग्रहको विमोचन गर्नुभएको थियो ।

विमोचित कथासङ्ग्रहका बारेमा समालोचक डा रामजी तिम्सिनाले टिप्पणी गर्नुभएको थियो । सङ्ग्रहमा २१ वटा कथा समावेश छन् । ताम्राकारको यसअघि ‘तुषारापात’, ‘दृश्य–परिदृश्य’ र ‘संवेग’ कथासङ्ग्रह प्रकाशित भइसकेको साहित्यकार मीनकुमार नवोदितले जानकारी दिनुभयो । रासस

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल