‘सिपाहीको डायरी’ उपन्यास विमोचित

Advertisement

काठमाडौँ, ११ असोज । सशस्त्र द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत रहँदा दोहोरो भीडन्तमा परी ज्यान जोगाएका पूर्व जवान दैलेखका चन्द्र कटुवालको यथार्थमा आधारित उपन्यास ‘सिपाहीको डायरी’ आज सार्वजनिक गरिएको छ ।    
    
लडाईँ, प्रेम र पुर्नजन्मजस्ता विषय समेटिएको सो उपन्यासको नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्माङ्गद कटुवालले विमोचन गर्नुभयो । पूर्वसेनापति कटुवालले सिपाहीहरु पठित हुँदैनन् भन्ने टिप्पणीलाई पुस्तकका लेखकले खण्डन गरिदिएको बताउँदै उपन्यासमा साहस, ज्ञान र अनुभव सङ्कलित भएको जनाउनुभयो । उहाँले सो पुस्तक हरेक सिपाहीले पढ्नुपर्ने जनाउनुभयो ।    
    
विसं २०६१ साउन २३ गते कालीकोटको पिलीमा भएको दोहोरो भिडन्तमा मारिएको भनेर किरियासमेत गरिएका लेखक (म पात्र) अपहरणमा परेर बचेको रोचक सन्दर्भ पनि पुस्तकमा छ । सेनाको आठ वर्षे सेवापछि शान्तिवार्तापछि लेखक कटुवालले राजीनामा दिई अध्ययन र योग क्षेत्रमा प्रवेश रोज्नुभएको थियो ।    
    
उहाँ हाल योग र महिला सशक्तिकरणमा विद्यावारिधि गर्दै हुनुहुन्छ । त्रिभुवन विश्वविद्यालयका केन्द्रीय संस्कृति विभागका सहप्राध्यापक रोहिणीराज तिमल्सिना र पत्रकार आश्विनी कोइरलाले पुस्तकको समीक्षा गर्दै यसमा मान, अभिमान, सान र मनोविज्ञान समेटिएको जनाउनुभयो ।

प्रकाशक ‘बुलबुल’ प्रकाशनका प्रमुख अच्युत घिमिरेले प्रकाशनको ५१औँ कृतिका रुपमा फरक विषयमा अनुभवमा आधारित उपन्यास प्रकाशन गरिएको बताउनुभयो ।   

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल