तिरस्कृताको सिरिज आउने

Advertisement

प्रविण निरौला लिखित “तिरस्कृता” आज लोकार्पण भएको छ । राजधानीको कुन्ज थिएटरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि शताब्दि पुरुष सत्यमोहन जोशी , बिशेष अथिति प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया , लेखक प्रविण निरौला र लेखनकुन्जका अध्यक्ष कमल ढकाल , साहित्यकार नर्वदेश्वरी सत्याल ,साहित्यकार अनिल पौडेलले संयुक्त लोकार्पण गर्नु भएको हो ।


कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालमा यस्तो खालको पुस्तकको आवश्यकता रहेको र बिदेशमा बसेर नेपाली साहित्यको सेवा गरेकोमा लेखक प्रविण निरौलालाई हार्दिक धन्यवाद दिनुभयो ।

बिशेष अतिथि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्वैर कल्पनामा आधारित पुस्तकले नेपाली साहित्यमा नयाँ पुस्तक मात्र हैन उल्लेखनीय पुस्तक ल्याएको बताउनुभयो ।
साहित्यकार नर्वदेश्वरी सत्यालले यो उपन्यासले कल्पना गरेको ग्रह जस्तै नारीहरुको अवस्था भए हामी सुखी हुने थियौ भन्दै तिरस्कृता जस्तै ग्रह पृथ्वीमा कतै हुन सक्ने बताउनु भयो ।
साहित्यकार अनिल पौडेलले नेपाली साहित्यमा आएको नयाँ प्रकारको यो पुस्तकले आफुलाई तानिरहेको बताउनु भयो ।

कमल ढकालले नेपाली साहित्यले बिश्व आकाशमा लैजान बाहिर बसेर साहित्यमा सेवा गरिरहनु भएका प्रविण जस्तो युवा पुस्ताले सम्भव हुने र त्यो कारण पनि आफु प्रविण निरौलाको तिरस्कृता प्रति आकृष्ट भएको बताउनु भयो ।

लेखक प्रविणले आफुमा पहिले देखि नै साहित्यको रस भएको र बैकको जागिर छाडेर अष्ट्ेलिया गए पनि त्याहा आफुले आफ्नो पाईरहेको काम छाडेर तिरस्कृताको लेखनमा संलग्न भएको भविष्यमा पनि आफु साहित्यमा लागेर नेपाली साहित्यको श्रीबृद्धिमा लागिरहने पहिलो प्रयास स्वरुप तिरस्कृता लेखेको र यसको सिरिजको रुपमा अरु पुस्तक पनि निकाल्दै जाने बताउनु भयो । मुल्य ३ सय ७५ रहेको तिरस्कृता सिमल बुकले प्रकाशन गरेको हो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल