दुवै मृगौला गुमेकी मिनाद्धारा सबैसंग सहयोगको याचना

Advertisement

रामेछाप ३१ भदाै । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ मा घर र मन्थली नगरपालीका वडा नं ६ भलुवाजोर माईत भएकी मिना बसेलको दुबै मृगौला फेल भए पछि उनले आफनो जीवन रक्षाको लागि सवै संग अपिल गर्नू भएको छ ।

२५ वर्षको उमेरमै बसेलको दुवै मृगौला फेल भएको र उपचारको लागि लाखौ रुपैया आवश्य पर्ने जानकारी चिकित्कले गराएपछि अहिले मीना र उनको परिवार आर्थिक विलखवन्दनमा परेको हो । उहाँले आफुलाई वाँच्न रहर हुँदा हँुदै पनि आफु माथी गम्भिर प्रकृतिको रोग लागेकोले सवै सहयोगी मन हरुलाई सहयोगको लागि आग्रह गर्नू भएको छ । । उहाँले उपचारको लागि हार्दिकता पुर्वक सवैजना संग सहयोगको अपिल गर्नुभएको छ । हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचार गराइरहनु भएकी बसेलले कम आर्थिक अवस्था भएका कारण उपचारमा समस्या भएको भन्दै सहयोगको अपिल गर्नुभएको हो ।

उहाँले विनित पुर्वक भन्नु भएको छ म मिना बसेल,गोलन्जोर गाउँपालिका (६ , बलेनि सिन्धुली । बर्ष २५, मेरो दुई वटै किडनी फेल भएर हाल मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर मा उपचारारत छु। हाल उपचारकै क्रममा मैले धेरै रकम खर्च गरिसके,मेरो किडनी छिटो भन्दा छिटो फेर्नुपर्ने बाध्यता छ,मेरो पारिवारीक हैसियत,र क्षमताले उपचार सम्भव नभएकोले,देश विदेशमा रहनुहुने सम्पुर्ण मेरा आफन्तजन, सहयोगी मनहरु,संघ संस्था,लगायतमा सहयोग जुटाई मेरो जीवन रक्षा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।

सहयोग गर्न चाहने असल र सहयोगी मनहरुको लागि उनले मेघा बैंक,खुर्काेट शाखाको खाता रहेको भन्दै शाखाको नं. ०८१००५००१४०६७, खातमा रकम जम्मा गरी सहयोग गर्न पनि आग्रह गर्नु भएको छ । त्यसका लागि उहाँले मिना बसेल, वा मोबाइल नं. दुवै मृगौला गुमेकि मिनाद्धारा सवै संग सहयोगको याचना 9844214785 मा फोन सम्पर्क गर्नका लागि समेत आग्रह गर्नु भएको छ ।

उहाँले आफनो पीडा सामाजिक संजालमा पनि यसरी पोष्ट गर्नु भएको छ– ‘हाल उपचारकै क्रममा मैले धेरै रकम खर्च गरिसके, मेरो किडनी छिटो भन्दा छिटो फेर्नुपर्ने बाध्यता छ, मेरो पारिवारीक हैसियत र क्षमताले उपचार सम्भव नभएकोले देश तथा विदेशमा रहनुहुने सम्पुर्ण मेरा आफन्तजन, सहयोगी मनहरु, संघ संस्था, लगायतले सहयोग जुटाई मेरो जीवन रक्षा गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु ।’

सहयोगी मनहरुको लागि मेघा बैंक,खुर्काेट शाखाको खाता नं. ०८१००५००१४०६७, मा रकम जम्मा गर्ने व्यवस्था मिलाई दिन पनि आग्रह गर्नु भएको छ । त्यसैगरि अन्य सम्पर्क र जानकारीका लागि तपसिलका व्यक्ति हरु संग सम्पर्क गर्न पनि मिनाले आग्रह गर्नु भएको छ ।

जसका लागि मोबाइल नं. 9844214785 (पुष्प अछामी),9844316336 (के.पी.पोख्रेल),9818785958 (ध्रुवश्रेष्ठ),9841402644 (रामहरी कोइराला),9851038227 (रोशन श्रेष्ठ),,9851048939 (सुभाष कोइराला) र 9851233401 नंम्वरमा (अम्बरदीप थापा) लाई सम्पर्क गरि सहयोग गरिदीनुहुन समेत अनुरोध गर्नु भएको छ ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल