गर्मीका कारण फ्रान्समा झन्डै १५ सय नागरिकको मृत्यु

Advertisement

एजेन्सी । गर्मीका कारण फ्रान्समा झन्डै १५ सय नागरिकको मृत्यु भएको छ । जुन २४ बाट जुलाई ७ सम्म र जुलाई २१ देखि २७ सम्मको अवधिमा एक हजार ४ सय ३५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तातो हावा (हिट वेभ्स)का कारण मृत्यु भएको यो संख्या अन्य वर्षको भन्दा ९.१ प्रतिशत बढी भएको फ्रेन्च स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फ्रान्स र अन्य युरोपेली मुलुकमा बढेको गर्मीले रेकर्ड ब्रेकिङ तापक्रम देखाएको थियो । फ्रान्सको दक्षिणी सहर गालारगुज ले मोन्टुएक्समा ४५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल