कास्मिर समस्या समाधानका लागि ट्रम्पले भारत र पाकिस्तानका प्रधानमन्त्रीसँग चाँडै भेट गर्ने

Advertisement

वासिङ्टन, ३१ भदाै । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच उत्पन्न तनाव कम गर्ने दिशामा अत्यन्तै प्रगति भएको पनि बताएका छन् । उनले दुवै देशका प्रधानमन्त्रीसँग चाँडै भेट गर्ने बताएका छन् ।

ट्रम्पले २२ सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका साथ भारतीय अमेरिकी नागरिकलाई सम्बोधन गर्न लागेको जानकारी दिए । तर, उनले पाकिस्तानका प्रधानमन्त्री इमरान खानसँग हुने भेटवार्ताको समय र स्थानका बारेमा भने केही खुलाएका छैनन् ।

‘हाउडी मोदी’ कार्यक्रममा ५० हजारभन्दा बढी भारतीय–अमेरिकी नागरिकलाई सम्बोधन गरेर ट्रम्प ओहायो जाने बताइएको छ । त्यसपछि उनी संयुक्त राष्ट्र संघको वार्षिक महासभा सत्रका लागि न्युयोर्क जाने सम्भावना रहेको छ ।

भारत र पाकिस्तानबीच जारी तनाव कम गर्ने दिशामा अत्यन्तै प्रगति भएको राष्ट्रपति ट्रम्पले बताए । उनको भनाइ कास्मिर समस्यातर्फ लक्षित थियो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल