एमबिबिएसको प्रवेश परीक्षा रोक्न सर्वोच्च अदालतले दियाे अन्तरकालीन आदेश

Advertisement

काठमाडौं, २० भदाै । त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षण संस्थान (आइओएम) र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार लिने तयारी गरेको एमबिबिएसको प्रवेश परीक्षा रोकिएको छ ।

सर्वोच्च अदालतले भदौ २१ गते शनिबार सञ्चालन हुने त्रिभुवन विश्वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थानको एमबीबीएसको प्रवेश परीक्षा रोक्न अन्तरकालीन आदेश दिएपछि शनिबार परीक्षा नहुने निश्चित भएको हो ।

चिकित्सा शिक्षा ऐनविपरीत ती संस्थाले प्रवेश परीक्षा लिन लागेको भन्दै आयुष ओझालगायत केही विद्यार्थीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिट सुनुवाइ गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले तत्काल परीक्षा रोक्न अन्तरिम आदेश दिएको हो ।

अदालतले दुवै पक्षलाई राखेर छलफल गर्नुपर्ने भएकोले परीक्षा रोक्न अन्तरिम आदेश दिएको जनाएको छ । छलफलका लागि सर्वोच्चले भदौ २५ गते दुवै पक्षलाई बोलाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भदौ २८ गते र काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सले असोज ४ गते तोकेको प्रवेश परीक्षा भने शुक्रबारको आदेशले रोकेको छैन ।

सर्वोच्चले २०७५ फागुनदेखि कार्यान्वयनमा आएको चिकित्सा शिक्षा ऐनअनुसार किन छात्रवृत्ति नदिएको भन्ने विषयमा प्रधानमन्त्री कार्यालय, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोगसँग पनि जवाफ मागेको छ ।

कानुनअनुसार ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था नगरी प्रवेश परीक्षाको विज्ञापन आह्वान गरिएको भन्दै चिकित्सा शास्त्र अध्ययन संस्थान आईओएममा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल