सहकारी सन्दर्भ ब्याजदर: चन्द्रागिरीमा बृहत अन्तरक्रिया

Advertisement

काठमाडाैं, २८ साउन । सहकारीको स्वायत्तता र स्वतन्त्रतामा COOP सन्दर्भ ब्याजदर विषयक वृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भयाे । चन्द्रागिरी नगर सहकारी समन्वय समितिको आयोजनामा सतुंगलमा आयाेजित कार्यक्रममा गत साउन १९ गतेबाट लागू हुने गरी निर्णय गरीएको सन्दर्भ ब्याजदरको विषयमा बृहत छलफल भएकाे थियाे ।

चन्द्रागिरी नगर सहकारी समन्वय समितिको अध्यक्ष केशवराज शर्मा पौडेल सभापति तथा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष टेकराज चौलागाई प्रमुख अतिथि रहनु भएको उक्त भेलामा नगरपालिकाका सहकारी संस्थाहरूको सहभागिता रहेको थियो ।

साे अवसरमा काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष एवम् प्रमुख अतिथि चौलागाईले सहकारीका ७ वटा सिद्धान्त मध्य चौथो सिद्धान्त (स्वतन्त्रता र स्वायत्तता) को उल्लंघन गरिएको बताउनुभयो । संसारमा कतै पनि सन्दर्भ ब्याजदर तोकिएको कुरा आफूलाई थाहा नभएको र नेपालमा पनि कालोसूची जस्ता प्राथमिकताका अन्य विषय हुदाँहुदै पनि सन्दर्भ ब्याजदरको निर्णय नै अनिवार्य नहुँदा पनि निर्णय गरिएकोले स्वीकार्य नभएको बताउनुभयो ।

उहाँले सहकारी अभियन्ताहरूबाट नेतृत्त्व गर्ने ४ जना सन्दर्भ ब्याजदर निर्धारण समितिमा रहेको र उहाँहरूले यस निर्णयमा हस्ताक्षर गर्नु आफ्नो गल्ती भएको स्विकार गरेकाेले बताउनुभयाे । साथै उहाँहरुले चाडै गल्ती सच्चाउने तर्फ लाग्ने भनेकोले २-४ दिन कुर्नुको विकल्प नभएको चौलागाईले उल्लेख गर्नुभयाे सबै सहकारीकर्मीलाई केही समय धैर्य गर्न अनुरोध गर्दै उहाँले यदि पछि याे कुरालाई वेवास्ता गरिएमा विरोधका विभिन्न कार्यक्रमहरू गर्ने र ती कार्यक्रममा आफूलाई साथ दिन आग्रह गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा चन्द्रागिरी नगर सहकारी समन्वय समितिका सल्लाहकार हरिशरण थापाले सन्दर्भ ब्याजदरकै विषयमा नगरपालिकाका सहकारी संस्थाहरूसँग छलफल गर्नको लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै उहाँले निर्णय भएर आउनु भन्दा अगाडी नै छलफल हुनुपर्नेमा जाेड दिदै भएको थयाे ।

कार्यक्रममा सहभागीहरूको छलफल नै नगरी निर्णय गरिएको, नेतृत्व गर्नेहरूले संस्थाहरूको हित नसोचेको, निर्धारण समितिका सदस्यले भीडको सेन्टीमेन्टसअनुसार आफ्नो अभिव्यक्ति फेरेको जस्ता गुनासाहरु राखेका थिए । नेफ्स्कूनका संचालक तथा कास्कूनका अध्यक्ष दीपक पनेरूले यस निर्णयलाई सकारात्मक तथा नकारात्मक मान्नेहरू भएकाे बताउदै दुवै किसिमका समूह भएतापनि कुनै पनि अभियानलाई बाध्यकारी बनाइन नहुनेमा केही संस्थाहरूले गरेको बदमासीको कारण सम्पूर्ण संस्थाको स्वतन्त्रता र स्वायत्ततामा अंकुश लगाई ठाडो हस्तक्षेप गरिएको आराेप लगाउनु भयो ।

काठमाडौं जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष मनोज थापाले काठमाडौं जिल्लामा भएको अन्तरक्रिया कार्यक्रममा संयुक्त अवधारणाहरू जाहेर गरिसकेको बताउदै राज्यले सहकारीको स्वतन्त्रता र स्वायत्तता खोसी सन्दर्भ ब्याजदर लाद्ने प्रयास गरेको बताउनुभयो । यो विषयमा जिल्ला संघ कास्कून, नेफ्स्कून भन्दा पनि महासंघकाे आधिकारीक धारणाले फरक पार्ने प्रष्ट पार्नुभयो । ब्याजदरको प्रतिशतको भन्दा पनि निर्णय गर्ने प्रकृयाको आफू विरोधी भएको र अब पनि बिना जानकारी राज्यले नियमहरू बनाउदा हामी सबैले स्वीकार गर्ने त भनी प्रश्न गर्नुभयो ।

चन्द्रागिरी नगरपालिकाका प्रवक्ता तथा वडा न. ११ का वडाध्यक्ष हरिभक्त महर्जनले समाजलाई राम्रो बनाउन तथा आर्थिक रूपमा अगाडी बढ्न सहकारीले राम्रो काम गर्नुपर्नेमा जाेड दिनुभयाे । साथै उहाँले चन्द्रागिरी नगरपालिकामा रहेका कुनैपनि सहकारीले नराम्रो काम गरेको रेकर्ड नभएकोले सहकारीहरूलाई अगाडी बढाउन सन्दर्भ ब्याजदरको निर्णयलाई सरकारले सच्चाउन पर्ने माग राख्नुभयो ।

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

राशिफल