आज भद्रा रहने, पञ्चाङ्गसहित हेर्नुहोस् आजको दिन २०७६ श्रावण १० गते

Advertisement

श्रीगणेशायनमः ।। आज विक्रम संवत् २०७६ साल श्रावण महिनाको १० गते शुक्रवार हो । वर्तमानमा परिधावी नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् । वर्षा ऋतुअन्तर्गत श्रावण कृष्णपक्षको नवमी तिथि दिवा ३।२८ बजेसम्म रहनेछ । यो महिनाका देवता श्रीधर र मासदेवी कान्तिमती हुन् । सूर्य कर्कट राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । भरणी नक्षत्र दिवा ३।४६ बजेसम्म रहनेछ । आज शूलम् योग र वणिज करण रहेको छ । यसैगरी आज सूर्योदय ५।२४ मा छ भने सूर्यास्त बेलुका ६।५५ बजे हुनेछ ।

चन्द्रमा आज मेष राशिमा छन् । आज दिवा ३।२८ बजेसम्म भद्रा रहनेछन् । भद्रामा निषेध गरिएका काम्य कर्म वर्जित रहन्छन् । यसैगरी आज शुक्रबार इन्द्रायणी भगवतीको उपासना शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३, ९८०८२११२०५

Advertisement

प्रतिक्रिया दिनुहोस

कृपया प्रतिकृय दिनको लागि प्रस्तुत फरम भर्नुहोला (अनिबार्य )

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल