पुनर्निर्माण

पुनर्निर्माण

  • धरहरा ३८ र रानीपोखरी ८८ प्रतिशत सम्पन्नः काम पुनसञ्चालन

    काठमाडौँ, २५ वैशाख । कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण रोकिएको रानीपोखरी र २२ तले धरहरा पुनःनिर्माणको काम पुनः शुरु भएको छ । लकडाउनका कराण रोकिएको धरहराको निर्माण गत शनिबार र रानीपोखरीको पुनःनिर्माण आइतबारदेखि शुरु गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरका अनुसार सामाजिक […]

  • भूकम्पको पाँच वर्षः तनहुँमा ४७ प्रतिशत आवास निर्माण सम्पन्न

    दमौली, १५ वैशाख । गोरखा भूकम्पको पाँच वर्ष पूरा हुँदा तनहुँ जिल्लामा ४७ प्रतिशत निजी आवास निर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ(अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) तनहुँका अनुसार पूर्णतर्फ १३ हजार ९४६ र आंशिकतर्फ एक हजार १८५ लाभग्राही रहेकामा सात हजार २१४ निजी आवास पुनःनिर्माण सम्पन्न भएको हो । […]

  • भूकम्पका पाँच वर्ष : पुनःनिर्माण सुस्त

    चितवन, १२ वैशाख । विनाशकारी भूकम्प गएको पाँच वर्ष पुग्दा जिल्लामा पुनःनिर्माणको काममा आशातित प्रगति हुन सकेको छैन । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले दिएको जानकारीअनुसार जिल्लामा ६६ दशमलव ९१ प्रतिशत लाभग्राहीले मात्र निजी आवास निर्माणको काम सम्पन्न गरी तेस्रो किस्तावापतको रकम भुक्तानी पाएका छन् । कार्यालयका इन्जिनीयर […]

  • निजी आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति

    काठमाडौँ, ११ वैशाख । पाँच वर्षअघिको भूकम्पपछिको निजी आवास पुनःनिर्माणमा ८८ प्रतिशत प्रगति भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले चार लाख ९४ हजार ४४ अर्थात् ६३ प्रतिशत लाभग्राहीको निजी आवास पुनःनिर्माण सम्पन्न भएको र थप एक लाख ९० हजार १४५ अर्थात् २५ प्रतिशत लाभग्राही निजी आवास पुनःनिर्माणको चरणमा रहेकोसहित समग्रमा ८८ प्रतिशत प्रगति भएको जनाएको […]

  • प्राधिकरणद्वारा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सतर्कता सबै उपायहरु अवलम्बन गर्न आग्रह

    काठमाडौं, ७ चैत्र । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कोरोना भाइरस (COVID-19) रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा तथा सतर्कताका सबै उपायहरु अवलम्बन गर्न पुनर्निर्माण तथा पुनर्स्थापनासँग सम्बन्धित सबैलाई अनुरोध गरेको छ । प्राधिकरणले प्रेस विज्ञप्ति जारी गरी उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित COVID-19 संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिबाट COVID-19 संक्रमण, रोकथाम तथा […]

  • धरहराको १० औं तला ढलान गर्ने तयारी

    काठमाडौं । पुनर्निर्माण जारी रहेको धरहराको १० औं तला ढलानको तयारी भइरहेको छ । धरहरा निर्माण गरिरहेको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले यसै साता धरहराको १० औं तलाको ढलान हुने जानकारी दिनुभयो । यसैबीच प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सल्लाहकार डा। राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत […]

  • पुनर्निर्माण प्राधिकरणमा १३ हजार गुनासो सम्बोधन : १७ सय लाभग्राही थप

    काठमाडौं, ४ चैत्र । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १३ हजार ३ सय ८५ गुनासो सम्बोधन गरी १७ सय ५ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ ।आज बसेको प्राधिकरणको कार्यकारी समितिको १३० औं बैठकले ४ सय ८५ प्रवलीकरण लाभग्राही पनि थप गरेको छ । योसँगै पुनः जाँच तथा छुट सर्वेक्षण २०७५ एवं २०७६ बाट सङ्कलित १ […]

  • नारायणहिटी संग्रहालयको गुरुयोजना बनाइने

    काठमाडौं । नारायणहिटी दरबार संग्रहालय, केशर महल र गणतन्त्र स्मारक समेटेर गुरुयोजना तयार गरिने भएको छ । मंगलबार गणतन्त्र स्मारकमा भएको उच्चस्तरीय छलफलमा गुरुयोजना निर्माणलाई अघि बढाउने सहमति भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालसहितको उपस्थितिमा यी […]

  • गति लियो धरहरा पुनःनिर्माणले

    काठमाडौँ, २७ फागुन । गोरखा भूकम्पले क्षति पुर्याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको , हालसम्मको ३३ प्रतिशत सम्पन्न र रु ८५ करोड खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी गराउनुभयो । दुई वर्षमा सम्पन्न गर्नेगरी रमन कन्सट्रक्शनले पुनःनिर्माणको जिम्मा […]

  • खेर गयो मेलम्चीमा सिएमसिले छाडेको निर्माण सामग्री

    – सञ्चिता घिमिरे काठमाडौँ, २६ फागुन । मेलम्ची खानेपानी आयोजनामा यसअघि कार्यरत इटालियन कम्पनी सिएमसिले छाडेको निर्माण सामग्री खेर गएको छ । निर्माणस्थल हेलम्बु गाउँपालिकामा ठूलो परिमाणमा रहेको सिमेन्ट र डण्डी काम नलाग्ने अवस्थामा पुगेको हो । निर्माण कम्पनीले काम गर्न छाडेर जाँदा निर्माणस्थलमा गिट्टी, बालुवा, डण्डीलगायतका निर्माण सामग्री थिए । तीमध्ये गिट्टी र बालुवा […]

  • 1
  • 2
  • 7

सम्पादकीय समुह

सम्पादकीय समुह

राशिफल